भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
nepalviews.com · Tue Jul 28 14:52:32 GMT 2026

कैलाली । भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने जानकारी सँगै महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज सूचना जारी गर्दै भारतको एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुलाबाट बुधबार बिहान ६:०० बजेदेखि बिहीबार अपराह्न ६:०० बजेसम्म सिल्ट सफाइका लागि बाँध खोलिने जानकारी प्राप्त भएको जनाएको छ ।
Read full story at source (nepalviews.com)