प्रधानमन्त्री र निजी क्षेत्रको भेटमा आफ्नो अनुपस्थितिबारे अर्थमन्त्री दिए यस्तो कारण
clickmandu.com · Tue Jul 28 14:55:36 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीच आर्थिक एजेण्डामा निकै नजिकको समन्वय भइरहेको स्पष्ट पारेका छन् । केही समययता प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढेको भन्दै बजारमा चलेका चर्चा र अफवाहको पछि नलाग्न उनले उद्यमी तथा व्यवसायीहरूलाई आग्रह गरेका हुन् ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित उद्यमीहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो स्पष्टीकरण दिएका हुन् । पछिल्लो समय प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेका विभिन्न छलफलहरूमा अर्थमन्त्री अनुपस्थित भएपछि सञ्चारमाध्यम र व्यावसायिक वृत्तमा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बेवास्ता गरेको टिकाटिप्पणी सुरु भएको थियो ।
Read full story at source (clickmandu.com)