मधेशमा भेटियो काँडेभ्याकुर चरा
nepalviews.com · Sun Jun 07 11:21:57 GMT 2026

काठमाडौं। नेपालमा मात्र पाइने एक मात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलोपटक देखा परेको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोला नजिकको चुरे वन क्षेत्रमा उक्त चरा भेटिएको हो । मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले नेपालमा मात्र पाइने दुर्लभ रैथाने काँडेभ्याकुर चरा मधेश प्रदेश क्षेत्रमा पहिलोपटक भेटिएको दाबी गरे ।
उनले समुद्री सतहबाट ४४३ मिटर उचाइमा रहेको वन क्षेत्रमा चराविद् हठन चौधरी र सुजन बरालले चरा अवलोकनका क्रममा सो चरा देखेको जानकारी दिए। उनका अनुसार यसअघि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्र यो चराको अभिलेख रहेको थियो ।
Read full story at source (nepalviews.com)