आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
lokaantar.com

नेपाल चिकित्सक संघले नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका दोषीमाथि कारबाही नभएको भन्दै बुधबार देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघको मंगलबार बसेको आकस्मिक बैठकले साउन १३ गते देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो। आन्दोलनअन्तर्गत काठमाडौं उपत्यकाका चिकित्सक तथा स्वास्थ्यकर्मी बिहान १० बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनमा सहभागी हुनेछन् भने उपत्यकाबाहिर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र आ–आफ्नो स्वास्थ्य संस्थामा धर्ना दिने कार्यक्रम तय गरिएको छ।
Read full story at source (lokaantar.com)