पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
ratopati.com · Tue Jul 28 15:42:25 GMT 2026

पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा मंगलबार कवि एवं उपन्यासकार सरस्वती प्रतीक्षा सिफारिस भएकी छन् । उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वको समितिले प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य–सचिव तथा सदस्यहरू सिफारिस गरेको हो।
उपकुलपतिमा तिलक पुर्जा पुन र सदस्य–सचिवमा जीवन दाहालको नाम सिफारिस गरिएको छ । प्रज्ञा प्रतिष्ठानमा ७ परिषद् सदस्य र १७ जना प्राज्ञ सभा सदस्य हुने व्यवस्था छ । सिफारिस भएका पदाधिकारीहरूलाई बुधबार नियुक्तिपत्र दिइने छ।
Read full story at source (ratopati.com)