रसुवा बाढीपछि सम्पर्कविहीनका परिवार भन्छन् : अब त सहन सक्ने अवस्था छैन
ratopati.com · Sun Aug 30 10:38:18 GMT 2026

धनगढी । भोटेकोशीमा आएको भीषण बाढीपछि सुदूरपश्चिम प्रदेशका १ सय ४० जना अझै सम्पर्कविहीन छन् । उनीहरूका परिवार यतिबेला पीडामा छन् ।
कतै फोन पो लागि हाल्छ कि भन्ने आशमा आफन्तहरू बाटो हेरिरहेका छन् । बाजुराका कृष्ण रोकायाका आमा, बुवा, भाइ रसुवाको टिमुरे खोलाबाट सम्पर्कविहीन भएका पाँच दिन भयो । परिवार खोजिदिन उनी सबै सबैतिर धाइसके । भन्छन्, ‘अब त सहन सक्ने अवस्था छैन ।’ सरकारसँग उनको अनुरोध छ– मेरो परिवारलाई चाँडै खोजिदिनुपर्यो ।
Read full story at source (ratopati.com)