रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ निर्वाचित
gorkhapatraonline.com · Sun Jun 07 11:30:41 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापति पदमा विवेककुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । रास्वपाको विधानअनुसार सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था भए पनि शनिबार भएको अधिवेशनमा चार जना उम्मेदवारमध्ये कसैले पनि सो मत कटाउन सक्नुभएको थिएन ।
शनिबार बढी मत ल्याउने दुई उम्मेदवार विवेककुमार श्रेष्ठ र आनन्दबाबु काफ्लेबीच पुनः मतदान गर्नुपर्ने अवस्था आएपछि आपसी सहमतिमा श्रेष्ठलाई आइतबार सभापति निर्वाचित गरिएको हो । रास्वपा बाँकेका नेता बुद्धिसागर सुवेदीले दुई प्रतिस्पर्धीबीच भएको छलफल र सहमतिका आधारमा श्रेष्ठलाई जिल्ला सभापति घोषित गरिएको जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)