कृषि बजारको दैनिक थोक मूल्य अब ‘एएमपिआइएस नेपाल’ मोबाइल एपबाटै
ictsamachar.com

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले पहलमा कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपिआइएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । यस एपमार्फत देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य अब मोबाइलबाटै हेर्न सकिने भएको छ ।
मन्त्रिपरिषद्ले २०८२ चैत १३ गते स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने कार्यक्रम कार्यान्वयनका लागि उक्त एप सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
Read full story at source (ictsamachar.com)