विपदका श्रृङ्खला : १० वर्षमा १४ हजारभन्दा बढीको मृत्यु
ratopati.com · Sun Aug 30 10:44:00 GMT 2026

विराटनगर । नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणले ११औँ र बाढी–पहिरो जस्ता विपद्को जोखिमका आधारमा १६औँ स्थानमा पर्दछ । नेपालको इतिहासमा त्यस्ता ठुला विपदका घटनाहरू थुप्रै छन्, जुन घटनाबाट हजारौंको मृत्यु भएको छ भने अर्बौं सम्पति नोक्सानी भएको छ ।
नेपालमा १२८० सालको भूकम्प पहिलो पटक रेकर्ड गरिएको भूकम्प हो । जसमा राजा अभय मल्लको समेत मृत्यु भएको थियो । त्यसपछि वि.सं. १८९० को भूकम्पले पनि काठमाडौंका थुप्रै ऐतिहासिक मन्दिर र संरचनाहरू भत्काएको इतिहास छ । १९९० माघ २ को ८.४ म्याग्निच्युडको महाभूकम्प नेपालको इतिहासमै सबैभन्दा घातक थियो । त्यसबेला नेपालमा मात्र ८ हजार ५१९ जनाको ज्यान गएको थियो भने हजारौँ घर र ऐतिहासिक संरचनाहरू ध्वस्त भएका थिए ।
Read full story at source (ratopati.com)