विदेशी नागरिको खोज तथा उद्धारमा मन्त्रालयको प्राथमिकता
gorkhapatraonline.com · Sun Aug 30 10:41:22 GMT 2026

। भोटेकोशी हिमबाढीबाट वेपत्ता भएका विदेशी नागरिकको खोजी तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले उच्चस्तरमा काम गरिरहेको प्रष्ट पारेको छ । आज मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मसेनमा बोल्दै परराष्ट्रसचिव अमृतबहादुर राईले भोटेकाशी हिमबाढीमा परेका विदेशी नागरिकमध्ये हालसम्म २६१ ज्नाको उद्धार भएको बताउनुभयो । अझै चारसय जना वेपत्ता रहेको हालसम्मको तथ्य रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “विदेशी नागरिकको उद्धारका लागि मन्त्रालयले डेडिकेटेड टिम बनाएर काम गरिरहेको छ, आपतकालीन केन्द्र स्थापना गरेर वेपत्ता हुनु भएका नागरिका आफन्तलाई खोज तथा उद्धार सम्बन्धी सूचना आदानप्रदानका लागि नेपालमा पहुँच दिइएको छ ।”
उहाँले नेपालको वास्तविक तथ्य आधिकारिक निकायबाट बुझेमात्र अन्तर्राष्ट्रिय स्तरमा प्रकासन प्रशारण गर्न पनि नेपाल र विदेशमा रहनु भएका सञ्चारकर्मीलाई अनुरोध गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)