पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
ratopati.com · Tue Jul 28 16:57:30 GMT 2026

काठमाडौँ । इराकका प्रधानमन्त्री अली अल–जैदी मङ्गलबार टर्की पुगेका छन् । उनको भ्रमणका क्रममा इराकी तेल निर्यातलाई क्षेत्रीय तनावबाट पर्ने जोखिम कम गर्न टर्कीसम्म तेल पाइपलाइन विस्तार गर्ने योजनालगायत ऊर्जा, व्यापार र सुरक्षा विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
पदभार सम्हालेयता प्रधानमन्त्री जैदीको यो तेस्रो विदेश भ्रमण हो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसहितका अधिकारीसँग हुने भेटवार्तामा सुरक्षा, व्यापार, ऊर्जा, यातायात तथा जल व्यवस्थापनका विषयमा छलफल हुने टर्कीका अधिकारीले बताएका छन् ।
Read full story at source (ratopati.com)