झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
ratopati.com · Tue Jul 28 16:54:53 GMT 2026

काठमाडौँ । प्रहरीले झापाको झापा गाउँपालिका–३ बाट खैरो हेरोइन सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको किसनगञ्ज घर भएका २२ वर्षीय मोहमद फारुक छन् ।
मंगलबार लागुऔषध नियन्त्रण ब्युरोको काँकडभिट्टा शाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीको साथबाट ५० ग्राम ५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युराेका डीएसपी जिवन निरौलाले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)