‘बिमाले नसमेट्ने राहतका लागि सरकारले छुट्टै कोष बनाउँछ’
nepalnews.com · Tue Jul 28 16:58:08 GMT 2026

काठमाडौँ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका पीडितलाई राहत तथा उपचारका लागि छुट्टै कोष स्थापना गर्न माग गरेको छ। महासंघले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई मंगलबार भेटेर दुर्घटनामा घाइते तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन छुट्टै कोष स्थापना गर्न माग गरेको हो।
महासंघका अध्यक्ष राजेन्द्रविक्रम बाँनियासहितको टोलीले अर्थमन्त्री वाग्लेलाई भेटेर आव २०८३/८४ को बजेटमा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि बिमा रकम १० लाख रुपैयाँ र घाइतेको औषधि उपचारका लागि हालकै तीन लाख रुपैयाँको व्यवस्था रहेको भन्दै त्यसले वास्तविक उपचार खर्च धान्न नसक्ने अवस्था रहेको जानकारी गराएको थियो।
Read full story at source (nepalnews.com)