विश्व स्वास्थ्य संगठनको आपतकालीन कोषबाट बाढी पीडितका लागि एक लाख ५० हजार अमेरिकी डलर
setopati.com · Sun Aug 30 10:52:11 GMT 2026

विश्व स्वास्थ्य संगठनले नेपालका बाढी पीडितको अत्यावश्यक स्वास्थ्य तथा अन्य आवश्यकताहरू पूरा गर्न 'दक्षिण-पूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष' बाट एक लाख ५० हजार अमेरिकी डलर दिने घोषणा गरेको छ।
'यो आपत्कालीन कोषले तत्कालका प्रतिक्रियात्मक प्राथमिकताहरूलाई सहयोग पुर्याउनेछ। विश्व स्वास्थ्य संगठन सम्वोधन तथा पुनर्उत्थानका प्रयासहरूमार्फत नेपाललाई सहयोग गर्न प्रतिबद्ध छ,' संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयका कायममुकायम प्रमुख डा. निलेश बुद्धले बताए।
Read full story at source (setopati.com)