पल्सर स्पोर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक
ratopati.com · Sun Aug 30 10:55:14 GMT 2026
काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आइतबार अवार्ड मनोनयन घोषणा कार्यक्रममा अवार्डको २३औँ संस्करणको वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ५–५ मनोनयन सार्वजनिक गरेको हो ।
वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सदभाव आचार्य परेका छन् । वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा करातेका एरिका गुरुङ, सबिना श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी साबित्रा भण्डारी मनोनीत भएका छन् ।
Read full story at source (ratopati.com)