बाढी प्रभावित क्षेत्रको स्थलगत अध्ययन प्रतिवेदन अध्यक्ष ओलीलाई
gorkhapatraonline.com · Sun Aug 30 10:54:46 GMT 2026

नेकपा (एमाले) ले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीको क्षतिबारेमा स्थलगत अध्ययन गरी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । पार्टी मुख्यालय च्यासलमा आज सो प्रतिवेदन बुझाएको हो ।
महासचिव शंकर पोखरेलको नेतृत्वमा २० जनाको टोली रसुवा र नुवाकोट क्षतिग्रस्त स्थानमा पुगेर स्थलगत अध्ययन गरेको थियो । पार्टीले तत्काल गर्नुपर्ने राहत र उद्धारका बिषयमा र सरकारले गर्नुपर्ने कामको बिषयमा तयार पारिएको प्रतिवेदन अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको छ । पार्टीका जनसंगठनहरु राहत र उद्धारमा अहोरात्र खटिइरहनुभएको प्रतिवेदनमा उल्लेख छ ।
Read full story at source (gorkhapatraonline.com)