रास्वपाको महोत्तरी जिल्ला अधिवेशन स्थगित
kendrabindu.com · Sun Jun 07 11:47:20 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महोत्तरी जिल्ला अधिवेशन स्थगित गरिएको छ ।
शनिबारबाट जलेश्वरमा जारी अधिवेशन आन्तरिक विवादका कारण दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो । जिल्लाका प्रतिनिधिहरूसँग परामर्श तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै अधिवेशन रोक्ने निर्णय गरिएको बताइएको छ ।
Read full story at source (kendrabindu.com)