बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय ट्रमा सेन्टरको दोस्रो टोली
ratopati.com · Sun Aug 30 11:01:02 GMT 2026

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले रसुवामा दोस्रो चिकित्सकीय टोली खटाएको छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवालाई निरन्तरता दिन ट्रमा सेन्टरले दोस्रो टोली खटाएको हो ।
नयाँ पठाइएको टोलीमा डा.सरोजकुमार गोहिवारको नेतृत्वमा मेडिकल अफिसरहरू डा.सितेश यादव र डा.राजीव खड्का तथा प्यारामेडिक (एचए) चन्दनकुमार यादव रहेका छन् । सो टोलीले रसुवा अस्पतालमा रहेर बाढीका घाइते तथा प्रभावित स्थानीयलाई आकस्मिक उपचार, शल्यक्रियालगायत आवश्यक स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
Read full story at source (ratopati.com)