धोबीखाेलाले ट्याक्सी बगायो, विष्णुमतिमा खसेर एक पुरुष बेपत्ता, सामाखुसीमा वस्तीमा बाढी पस्यो
himalpress.com · Sun Sep 15 18:05:45 UTC 2024
काठमाडौँ – आइतबार अपराह्नपछि काठमाडौँ उपत्यकामा अविरल वर्षा र बाढीले जनजीवन प्रभावित बनेको छ भने ठाउँ-ठाउँबाट क्षतिका विवरणहरू प्राप्त भएका छन् । रात परेपछि काठमाडौँ उपत्यकाका खोलाको सतह बढेर सडक र बस्तीमा पसेर क्षति पुर्याएको हो ।
विष्णुमति नदीमा जलसतह बढेका बेला एक पुरुष चिप्लिएर नदीमा खस्दा बेपत्ता भएका छन् । आइतबार राति पौने ९ बजे टोखा नगरपालिका-८ रमणबस्तीस्थित विष्णुमति पुलबाट चिप्लिएर लमजुङ स्थायी ठेगाना भएका ४२ वर्षीय रामचन्द्र खड्का बेपत्ता भएका हुन् ।
Read full story at source (himalpress.com)