‘वास्तविक शत्रु’ विरुद्ध एकजुट हुन खाडी राष्ट्रका शासकलाई खामेनीको सन्देश
ratopati.com · Sun Aug 30 11:07:15 GMT 2026

तेहरान । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले खाडी क्षेत्रका मुस्लिम राष्ट्रका शासकलाई एकजुट भएर आफूहरूले सामना गरिरहेको ‘वास्तविक शत्रु’ विरुद्ध उभिन आग्रह गरेका छन् । इस्लामिक एकता सप्ताहका अवसरमा खामेनीले आफ्नो टेलिग्राम अकाउन्टमार्फत लिखित सन्देश जारी गर्दै यस्तो सन्देश दिएका हुन् ।
मुस्लिम राष्ट्रबिचको विभाजनले उनीहरूका विरोधीलाई फाइदा पुग्ने सन्देशमा उनले बताएका छन् । मुस्लिम देशबिच एकता, विभिन्न क्षेत्रमा सहकार्य र पारस्परिक सुरक्षाका लागि सहयोग आवश्यक रहेकोमा पनि उनले जोड दिएका छन् ।
Read full story at source (ratopati.com)