रास्वपाको केन्द्रीय कार्यालयमा प्रदर्शन
kendrabindu.com · Sun Jun 07 12:00:06 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयमा कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।
कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए। तर निर्वाचित पदाधिकारीको शपथ ग्रहणसमेत सम्पन्न भइसकेपछि पुनः निर्वाचन गराउने सूचना जारी गरिएपछि विवाद सुरु भएको हाे । कार्यकर्ताहरूले पारदर्शिताको माग गर्दै आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।
Read full story at source (kendrabindu.com)