प्रधानमन्त्री दैवी प्रकोप काेषमा फिल्म ‘पार्वती’ ले ११ लाख ३ हजार दिने
ratopati.com · Sun Aug 30 11:12:06 GMT 2026

काठमाडौँ । प्रदर्शनरत फिल्म ‘पार्वती’ ले ११ लाख ३ हजार २७० रुपैयाँ उद्वारकोषमा जम्मा गर्ने भएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले देशभरको पहिलो दिनको कमाइलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेको थियो स सोही अनुसार यो रकम जम्मा गर्ने भएको हो ।
फिल्मका वितरक करण श्रेष्ठका अनुसार फिल्मले शुक्रबार फिल्मले देशभर बक्स अफिसमा २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाएको थियो । यो कमाइबाट निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री कोषमा प्रदान गरिने भएको छ । रकम केही दिनमा अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत रकम कोषमा जम्मा गरिने वितरक श्रेष्ठले जानकारी दिए ।
Read full story at source (ratopati.com)