सुनसरी घटनापछि प्रधानमन्त्रीको प्रतिबद्धता: न्याय, क्षतिपूर्ति र कडा कारबाही !
barnanmedia.com · Tue Jul 28 22:13:21 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गर्ने, पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने तथा यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक निर्णय गरिरहेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई देशका एक नागरिकका रूपमा पनि सुनसरीका घटनाक्रमबाट दुःखी भएको उल्लेख गरेका छन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
Read full story at source (barnanmedia.com)