'सास नभए नि लास खोजिदेऊ सरकार !' : अस्पताल आफन्तको कारुणिक चित्कार
lokaantar.com

प्रकृति कति निष्ठुरी हुन सक्छ ? एकैछिन अघिसम्म हाँसिरहेको सिङ्गो बस्तीलाई हेर्दाहेर्दै कसरी मृत्युको दोभानमा मिसाउन सक्छ ? तिब्बततर्फबाट उर्लिएर आएको भोटेकोशीको आकस्मिक बाढीले रसुवा र नुवाकोटमा घरहरू मात्र बगाएन, सयौँ परिवारको खुसीलाई सदाका लागि बगाइदियो। यो समाचार तयार पार्दासम्म ३५९ जनाको मृत्यु पुष्टि भइसकेको यो महाविपत्तिले यतिबेला सिङ्गो देश शोकमा डुबेको छ।
गोसाईकुण्डको पवित्र जल छुन हिँडेका तीर्थयात्री हुन् वा मानसरोवर जान निस्किएका पर्यटक, भन्सारमा खटिएका कर्मचारी हुन् वा जलविद्युत् आयोजनामा पसिना बगाइरहेका श्रमजीवी— सबैलाई उग्र नदीले क्षणभरमै निल्यो। आज हामी त्रिशूली र भोटेकोशी किनारको त्यो विनाशी कथा सुनाउँदैछौँ, जसको बाछिटाले यतिबेला राजधानीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को प्राङ्गणलाई आँसुको तलाउ बनाएको छ। जहाँ जीवितै भेटिने आशा मरिसक्यो, र मानिसहरू आफ्ना प्रियजनको 'लास' मात्रै भए पनि माग्दै भौँतारिरहेका छन्।
Read full story at source (lokaantar.com)