बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको मृत्यु, परिवारले बुझे शव
barnanmedia.com · Tue Jul 28 23:37:27 GMT 2026

काठमाडौँ महानगरपालिका वडा नम्बर–६ स्थित बौद्ध गेट नजिकै आत्मदाह प्रयास गरेकी सालु गुरुङको मृत्यु भएको छ । उपचारको क्रममा ज्यान गुमाएकी सालुको पोस्टमार्टम पछि परिवारले शव बुझेका छन् । सोमबार ससुराले उनको शव बुझेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
साउन ४ मा दिउँसो उनले आफैँलाई जलाएर आत्मदाह प्रयास गरेकी थिइन् । कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–३ घर भएर गुरुङ र उनका श्रीमान गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा बस्दै आएकी थिइन् ।
Read full story at source (barnanmedia.com)