ऋण सम्झौतामा हस्ताक्षर
barnanmedia.com · Tue Jul 28 23:48:17 GMT 2026

दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन नौ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैङ्कले रु एक अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ ।
आयोजना प्रवद्र्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैङ्कबीच मङ्गलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा बैङ्कका तर्फबाट ‘सस्टेनेबल इनर्जी बैङ्किङ’ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गर्नुभएको थियो ।
Read full story at source (barnanmedia.com)