कस्तो रहला आजको मौसम ?
nepalviews.com · Wed Jul 29 00:25:30 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा र पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ अवस्थित रहेको छ।
यसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली हुनुका साथै बागमती प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
Read full story at source (nepalviews.com)