'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
ratopati.com · Sun Jun 07 12:15:00 GMT 2026

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटसँगै सार्वजनिक गरेको आर्थिक ऐनमा करका दर र दायरामा महत्त्वपूर्ण हेरफेर गरिएको छ । आयकरको सीमा वृद्धिदेखि विद्युतीय सवारी साधनमा करको दर परिमार्जन, शिक्षा तथा स्वास्थ्यमा समता शुल्क र भ्याटमा बहुदरको अभ्याससम्मका विषयले यतिबेला आर्थिक वृत्तमा चर्चा पाइरहेका छन् ।
सरकारले ल्याएका यी कर नीतिहरू कति व्यावहारिक छन् ? यसले मध्यम तथा निम्न वर्गको जीवनस्तर र समग्र उद्योग व्यवसायमा कस्तो प्रभाव पार्छ ? यिनै समसामयिक आर्थिक विषय र बजेट कार्यान्वयनका चुनौतीहरूमा केन्द्रित रहेर चार्टर्ड एकाउन्टेन्ट (सीए) मधु पोखरेल सँग रातोपाटीको 'इकोनोमिक इडिट' मा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
Read full story at source (ratopati.com)