असुरक्षित छन् डाक्टर र स्वास्थ्यकर्मी, १० महिनामा ९० डाक्टरमाथि दुर्व्यवहार
kendrabindu.com · Wed Jul 29 00:54:41 GMT 2026

काठमाडौं । आफूहरूमाथि हुँदै आएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा मंगलबार देशभर कार्यरत चिकित्सकले आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको हडतालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित भएका छन्।
‘स्वास्थ्य सेवा रोक्नु हाम्रो चाहना होइन, चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारका घटना बारम्बार दोहोरिइरहेका छन्, तर राज्य मूकदर्शक बनेर बस्यो,’ संघका वरिष्ठ उपाध्यक्ष डा. सञ्जीव तिवारीले भने, ‘डाक्टरमाथि जहाँ भेट्यो त्यहीं आक्रमण हुन थाल्यो, आक्रमण गर्ने धम्की आउन थाल्यो, फोन तथा सामाजिक सञ्जालमार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय गर्न बाध्य भयौं। डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ?’
Read full story at source (kendrabindu.com)