बाढी प्रभावितका लागि विश्व स्वास्थ्य सङ्गठनले गर्यो २ करोड बराबरको सहयोग
ratopati.com · Sun Aug 30 11:34:38 GMT 2026

काठमाडौँ । नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा तथा आपत्कालीन प्रतिकार्यलाई सघाउन विश्व स्वास्थ्य सङ्गठनले १ लाख ५० हजार अमेरिकी डलर (करिब दुई करोड रुपैयाँ) बराबरको आपत्कालीन सहायता उपलब्ध गराएको छ ।
सङ्गठनले दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोष मार्फत यो रकम विनियोजन गरेको हो। हालसम्मको विवरण अनुसार बाढीमा परि ७३० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब २५०० जना बेपत्ता, २०० भन्दा बढी घाइते र ७४ जना उपचाररत छन् ।
Read full story at source (ratopati.com)