आज पनि आकस्मिकबाहेकका सबै सेवा बन्द
kendrabindu.com · Wed Jul 29 01:27:52 GMT 2026

काठमाडौं|। नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोडफोडको घटनामा संलग्नमाथि कडा कानुनी कारबाही नभएको भन्दै संघले मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
आज बिहान १० बजे काठमाडौँको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँ बाहिरका जिल्लामा भने प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने र आफ्ना कार्यस्थलमा धर्ना तथा विरोध प्रदर्शन गरिने जनाइएको छ।
Read full story at source (kendrabindu.com)