ट्रम्पसँग जेलेन्स्की र नेतान्याहुको छुट्टाछुट्टै भेट, युक्रेन र इरान युद्धबारे छलफल
shilapatra.com · Wed Jul 29 01:31:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वाशिङ्टनमा छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
जेलेन्स्कीले युक्रेनको हवाई सुरक्षा सुदृढ बनाउन अमेरिकाको सहयोग, विशेषगरी प्याट्रियट अवरोधक मिसाइल उत्पादनको अनुमतिसम्बन्धी विषयमा ट्रम्पसँग छलफल गरेका छन् । यद्यपि, अमेरिकी सैन्य सहयोगबारे कुनै औपचारिक घोषणा भएको छैन । जेलेन्स्कीले दुवैपक्षबीच कूटनीतिक प्रयासलाई थप सक्रिय बनाउने विषयमा पनि सहमति भएको बताएको बेलायती समाचार संस्था बीबीसी ले जनाएको छ ।
Read full story at source (shilapatra.com)