विश्व बाघ दिवसमा नयाँ गणना सार्वजनिक हुँदै, नेपालमा बाघ संख्या अझ बढ्ने संकेत
aarthiknews.com

काठमाडौँ । विश्व बाघ दिवसका अवसरमा सरकारले आज नेपालको पछिल्लो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्दैछ। वन तथा वातावरण मन्त्रालयले कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा नयाँ गणनाको विवरण सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। संरक्षण क्षेत्रको अवस्था, बासस्थानमा भएको सुधार र आहारा प्रजातिको वृद्धिका आधारमा यसपटक बाघको संख्या अघिल्लो गणनाभन्दा बढ्ने संकेत गरिएको छ।
नेपालमा प्रत्येक चारदेखि पाँच वर्षको अन्तरालमा राष्ट्रिय बाघ गणना गरिन्छ। सन् २०२२ को गणनाअनुसार नेपालमा ३५५ वटा पाटेबाघ रहेका थिए। तीमध्ये सबैभन्दा धेरै १२८ वटा चितवन राष्ट्रिय निकुञ्जमा, १२५ वटा बर्दिया राष्ट्रिय निकुञ्जमा, ४१ वटा पर्सा राष्ट्रिय निकुञ्जमा, ३६ वटा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा र २५ वटा बाँके राष्ट्रिय निकुञ्जमा रहेका थिए।
Read full story at source (aarthiknews.com)