अर्थ मन्त्रालयमा ‘रेस्पोन्स डेस्क’ बनाइने
barnanmedia.com · Wed Jul 29 01:30:25 GMT 2026

उद्योगी व्यवसायीको समस्या समाधान गर्न अर्थ मन्त्रालयमा ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने भएको छ । व्यवसायीका जायज विषयलाई सम्बन्धित मन्त्रालय, विभाग र निकायसँग तत्काल समन्वय गरी समाधान गर्न यस्तो संयन्त्र निर्माण गर्न लागिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताउनुभयो ।
मन्त्रालयमा मङ्गलबार उद्योगी व्यवसायीसँग छलफल गर्दै उहाँले उक्त संयन्त्रले व्यवसायीका समस्या समाधानलाई उच्च प्राथमिकता दिने जानकारी दिनुभयो । “अब फाइल थन्किने होइन, द्रुत गतिमा निर्णय र समाधान हुने कार्यसंस्कृतिको विकास गरिने छ,” उहाँले भन्नुभयो ।
Read full story at source (barnanmedia.com)