जापान भूकम्प : मृतकको सङ्ख्या १३ पुग्यो, उद्धार कार्य जारी
nepalviews.com · Wed Jul 29 02:03:21 GMT 2026

एजेन्सी । जापानको दक्षिणी क्युसु क्षेत्रस्थित कुमामोटो प्रान्तमा मंगलबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको जापानी प्रधानमन्त्री सानाए ताकाइचीले बताएकी छिन्। कुमामोटोस्थित एक सपिङ मलमा धेरै मानिसहरू फसेको आशङ्कामा तीव्र गतिमा उद्धार कार्य जारी छ।
भूकम्पका कारण सपिङ मलको दोस्रो तला भत्किएको एक प्रत्यक्षदर्शीले बताएका छन्। यसअघि जापानी अधिकारीहरूले सपिङ मल र चिम्नी भत्किएको एक कारखानामा केही मानिसहरू बेपत्ता रहेको जानकारी दिएका थिए। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार क्युसु टापुको भित्री भूभागमा मंगलबार स्थानीय समय अनुसार अपराह्न ४:२७ बजे गएको उक्त भूकम्प ६.८ म्याग्निच्युडको रहेको थियो।
Read full story at source (nepalviews.com)