आज गुरु पूर्णिमा : गुरुजनप्रति श्रद्धा, व्यास जयन्ती पनि मनाइँदै
aarthiknews.com

काठमाडौँ। आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा देशभर श्रद्धा, सम्मान र भक्तिभावका साथ मनाइँदै छ। ज्ञान, शिक्षा, संस्कार र जीवनको सही मार्ग देखाउने गुरुजनप्रति कृतज्ञता प्रकट गर्दै आज विभिन्न विद्यालय, गुरुकुल, धार्मिक तथा सामाजिक संस्थाले विशेष कार्यक्रम आयोजना गरेका छन्।
वैदिक सनातन परम्पराअनुसार गुरु पूर्णिमाका दिन गायत्री मन्त्र, दीक्षा तथा वेद–शास्त्रको ज्ञान प्रदान गर्ने गुरुहरूको पूजा, सम्मान र आशीर्वाद ग्रहण गर्ने प्रचलन छ। शिक्षक, आध्यात्मिक गुरु तथा जीवनमा प्रेरणा दिने व्यक्तित्वप्रति श्रद्धा व्यक्त गर्ने दिनका रूपमा पनि गुरु पूर्णिमा मनाइन्छ।
Read full story at source (aarthiknews.com)