भन्सारमा कार्गो स्क्यानर जडान हुँदै, जाँचपास छिटो र अवैध व्यापार नियन्त्रणमा सहयोग पुग्ने
techpana.com · Wed Jul 29 02:21:27 GMT 2026

काठमाडौं । भन्सार नाकाबाट हुने अवैध व्यापार र चोरीपैठारी नियन्त्रण गर्न सरकारले कार्गो भेहिकल स्क्यानर जडान गर्ने योजना बनाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार राजस्व समीक्षा बैठकमा भन्सार विभागलाई आगामी तीन महिनाभित्र स्क्यानर जडानको प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार यो प्रविधिले बन्देज गरिएका सामानहरू नाकाबाट छिर्नबाट रोक्नेछ । “यसले गैरकानुनी ट्रेडिङलाई रोक्नुका साथै राजस्व सङ्कलनमा पनि सहयोग पुर्याउँछ,” उनले भने । हाल सामान भौतिक रूपमा जाँच गर्दा समय लाग्ने र कतिपय अवैध सामान भित्रिने जोखिम हुने भए पनि स्क्यानरले ती वस्तुहरू सजिलै पत्ता लगाउने उनले बताए । यसले भन्सार प्रशासनलाई थप सुरक्षित र पारदर्शी बनाउने सरकारको विश्वास छ ।
Read full story at source (techpana.com)