सर्वदलीय बैठकका लागि सिंहदरबार पुग्न थाले नेता (तस्बिरहरू)
ratopati.com · Wed Jul 29 02:39:05 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन विभिन्न दलका प्रतिनिधि सिंहदरबार पुग्न थालेका छन् ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा केही बेरमा बैठक बस्ने तयारी छ । छलफलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दलहरूलाई पनि आमन्त्रण गरिएको छ ।
Read full story at source (ratopati.com)