ह्वाइट हाउमा ट्रम्प र नेतन्याहुबिच ९० मिनेट छलफल
kendrabindu.com · Wed Jul 29 02:38:26 GMT 2026

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मंगलबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउमा भेटवार्ता गरेका छन्। लगभग ९० मिनेट भेटपछि नेतन्याहु ह्वाइट हाउसबाट बाहिरिएका थिए।
भेटपछि भिडिओ वक्तव्य जारी गर्दै नेतन्याहुले ट्रम्पसँगको आफ्नो भेट अहिलेसम्मकै उत्कृष्ट भेट भएको बताएका छन्। ‘यो पूर्ण सहयोग, पारस्परिक सहयोग र साझा समझदारीको बैठक थियो। हाम्रो साझा लक्ष्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु हो’, उनले भनेका छन् ‘यसका साथै इजरायलको सुरक्षा र भविष्यसँग सम्बन्धित अन्य धेरै महत्त्वपूर्ण विषयहरूमा पनि छलफल गरियो।’
Read full story at source (kendrabindu.com)