जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट !
baahrakhari.com · Wed Jul 29 02:34:32 GMT 2026

झापा । विमानस्थलको धावनमार्गजस्तै गुञ्जायमान थियो विद्यालयको प्रांगण । आँखैअगाडि एकपछि अर्को गर्दै सररर उडेका हवाईजहाज, हेलिकोप्टर, रकेट र चन्द्रयानको नमूना देखेर विद्यार्थी एकाएक चकित परे । नहोस् पनि किन, किताबका पानामा मात्र सीमित हुने विज्ञान र प्रविधिको संसार सोमबार बिर्तामोड–१ स्थित ग्रिन फिल्ड वर्ल्ड स्कुलको प्रांगणमा प्रत्यक्ष रूपमा देखिएको थियो ।
अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित भारतको एरोबे कम्पनीको प्राविधिक सहकार्यमा आयोजित सो विशेष हवाई प्रदर्शनीमा विद्यार्थी, अभिभावक र स्थानीय उपस्थित थिए ।
Read full story at source (baahrakhari.com)