अध्ययन बिदा सकिएपछि पनि कार्यालय नआउने कर्मचारीमाथि धमाधम कारबाही
barnanmedia.com · Wed Jul 29 02:39:44 GMT 2026

अध्ययन बिदा वा अन्य स्वीकृत बिदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नभई तलबभत्ता लिइरहेका सरकारी कर्मचारीमाथि बालेन शाह नेतृत्वको सरकारले कारबाही प्रक्रिया तीव्र बनाएको छ।
मंगलबार मात्रै विभिन्न सरकारी निकायहरूले यस्ता कर्मचारीलाई स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाइएको छ । सार्वजनिक सूचनाअनुसार पूर्वाधार विकास मन्त्रालयले ८ जना कर्मचारीसँग स्पष्टीकरण मागेको छ भने उद्योग मन्त्रालय र महालेखा परीक्षकको कार्यालयले पनि एक–एक जना कर्मचारीलाई स्पष्टीकरण सोधेका छन्।
Read full story at source (barnanmedia.com)