पहिरोले सडक बगायो, बेँसीसहर–चामे सडक अवरुद्ध
kendrabindu.com · Wed Jul 29 02:46:49 GMT 2026

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, श्रीचौरमा पहिरोले सडक बगाउँदा हिमाली जिल्ला मनाङ जाने–आउने एकमात्र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ।
यसअघि पनि पहिरो गइरहने उक्त सडकमा मंगलबार राति १ बजेतिर माथिको जंगलबाट पहिरो खसेको हो। करिब ३ सय मिटर माथिबाट आएको पहिरोले सडक बगाउनुका साथै पुरिएको स्थानीय पूर्णबहादुर गुरुङले जानकारी दिए।
Read full story at source (kendrabindu.com)