बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि जलवायु वित्त माग
nagariknews.nagariknetwork.com · Sun Aug 30 11:24:22 GMT 2026

जलवायु विज्ञ, अनुसन्धानकर्ता तथा प्रभावित समुदायले भोटेकोशी बाढी प्रभावित नागरिकको पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि तत्काल पर्याप्त अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग माग गरेका छन्।
नेपालले जलवायु परिवर्तनमा नगण्य योगदान गरे पनि यसको असरको अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै विपद्पछिको पुनर्निर्माणका लागि नयाँ ऋण थप्नु अन्यायपूर्ण हुने उनीहरूको भनाइ छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकालले नेपालको विद्यमान पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने र जलवायुजन्य क्षति तथा नोक्सानीका आधारमा अन्तर्राष्ट्रिय क्षतिपूर्ति दाबी गर्न विश्वसनीय, प्रमाणमा आधारित र निर्णय गर्न सकिने स्तरको तथ्याङ्क तथा प्रमाण आवश्यक हुने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)