एक महिना पछि सर्यो 'चंगुल'
ratopati.com · Wed Jul 29 03:00:37 GMT 2026

काठमाडौँ । फिल्म 'चंगुल'काे प्रदर्शन एक महिनापछि सरेकाे छ । जेनजी आन्दोलन र त्यसअघिको अवस्थालाई चित्रण गरिएको फिल्म चंगुल भदौ १९ गतेबाट प्रदर्शनमा आउने भनिए पनि प्राविधिक काम समयमा नसकिने देखिए पछि सारिएको हो । चलचित्र अब असोज १६ बाट प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ ।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार फिल्म चंगुलमा भ्रष्टाचारको कारण थिलथिलो भएको देश र त्यसपछिको युवा जागरणलाई पर्दमा उतारिएको छ । गत वर्ष भदौ २३ र २४ को आन्दोलन र त्यही आन्दोलनमा ज्यान गुमाउने जेनजी आन्दोलनका सहिदहरूको सम्झना स्वरूप फिल्म निर्माण गरिएको फिल्मकी निर्माता मालती कार्कीले जानकारी दिएकी छन् ।
Read full story at source (ratopati.com)