नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
kendrabindu.com · Wed Jul 29 03:10:22 GMT 2026

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर (एमसीभीटीसी) ले नेपालमै पहिलो पटक मुटुका तीनवटै भल्भमा न्यून चिरफार (मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी–मिक्स) विधिबाट सफल शल्यक्रिया गरेको छ। चिकित्सकहरूका अनुसार यो शल्यक्रिया विश्वमै अत्यन्त दुर्लभ र जटिल मानिन्छ।
अस्पतालका चिकित्सकका अनुसार करिब १० दिनअघि ५२ वर्षीय पुरुष बिरामीको सफल शल्यक्रिया गरिएको थियो। उपचारपछि उनी पूर्ण रूपमा निको भई डिस्चार्ज भइसकेका छन्। अस्पतालका कन्सल्टेन्ट कार्डियाक सर्जन डा. अनिल भट्टराईले यसलाई ऐतिहासिक उपलब्धि बताए । डा. भट्टराईको नेतृत्वमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले शल्यक्रिया सम्पन्न गरेको थियो। एनेस्थेसिया टोलीको नेतृत्व डा. विभूष श्रेष्ठ र प्रा.डा. विश्वास प्रधानले गरेका थिए।
Read full story at source (kendrabindu.com)