सुनसरी घटना : सद्भाव कायम गरौँ
saralpatrika.com · Wed Jul 29 03:10:58 GMT 2026
सुनसरी जिल्ला अशान्त छ। दक्षिणी क्षेत्रको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक युवकको ज्यान गयो। प्रहरीसमेत गरी २० जनभन्दा बढी घाइते भए। केही घाइतेको अवस्था गम्भीर छ।
स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। सेना सडकमा उत्रिएको छ। घटनाको छानविन गर्न सरकारले गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको छ। सद्भाव कायम गर्न सबैतिरबाट आह्वान भएको छ। तैपनि प्रदर्शन र झडपको दायरा झन् फराकिलो भएको छ। अन्य जिल्लामा पनि फैलिएको छ।
Read full story at source (saralpatrika.com)