बर्डफ्लु नियन्त्रणमा आएपछि पोल्ट्रीजन्य उत्पादनको बढ्यो मूल्य
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ । पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य पूर्ववत् अवस्थामा फर्किन थालेको छ। रोगको सङ्क्रमणका कारण घटेको अण्डा, कुखुराको मासु र चल्लाको मूल्यमा अहिले वृद्धि हुन थालेको छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूको दररेटलाई आधार मानेर अण्डाको समर्थन मूल्यमा प्रतिक्रेट रु ३० ले वृद्धि गरेको छ। नयाँ मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट रु ५३०, मिडियम रु ५००, र एक्सेल अण्डा रु ५४५ पुगेको छ। यसैगरी, सानो अण्डा प्रतिपेटी (सात क्रेट) को रु तीन हजार कायम गरिएको छ। यसअघि बर्डफ्लुका कारण ठूलो अण्डा प्रतिक्रेट रु ४५० मा झरेको थियो।
Read full story at source (hamrakura.com)