गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा आज सार्वजनिक शोक बिदा
onlinekhabar.com · Wed Jul 29 03:26:37 GMT 2026

१३ साउन, स्याङ्जा । पूर्वउपप्रधानमन्त्री तथा पूर्वशिक्षामन्त्री, नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिले आज सार्वजनिक शोक बिदा दिएको छ ।
नगरपालिकाले श्रेष्ठको लोकतान्त्रिक आन्दोलन, शिक्षा क्षेत्र र सामाजिक जीवनमा पुर्याएको योगदानको सम्मानस्वरूप आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस निर्णयअनुसार आज नगरपालिकाअन्तर्गतका सबै कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र अन्य निकाय बन्द छन् । अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)