नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग
annapurnapost.com · Sun Aug 30 11:45:18 GMT 2026

काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नाइमाले उक्त सहयोगको घोषणा गरेको हो। विपदको घडीमा आफ्ना सदस्य संस्थाहरुले गरेको सहयोगको पनि नाइमाले प्रशंसा गरेको छ। विपद्को सुरुवातदेखि नै नाइमाका सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान पुर्याउँदै आएका छन्।
Read full story at source (annapurnapost.com)