अभिनेता तथा फिल्म निर्देशक सुनिल आनन्दको निधन
ratopati.com · Wed Jul 29 03:50:12 GMT 2026

मुम्बई । बलिउडका सदाबहार अभिनेता देव आनन्द र अभिनेत्री कल्पना कार्तिकका छोरा अभिनेता तथा फिल्म मेकर सुनिल आनन्दको निधन भएको छ। लण्डनमा हृदयघातका कारण उनको निधन भएको हो। बलिउड मिडियाका पारिवारिक स्रोतले मंगलबार यसबारे जानकारी दिएको हो ।
सुनिल आनन्दको निधन लण्डनको त्यही अस्पतालमा भएको छ, जहाँ सन् २०११ मा उनका पिता देव आनन्दले अन्तिम सास फेरेका थिए। सुनिलको जन्म ३० जुन १९५६ मा स्विजरल्याण्डको ज्यूरिच शहरमा भएको थियो। उनले वासिङ्टन डी.सी. स्थित अमेरिकन युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) मा डिग्री हासिल गरेका थिए।
Read full story at source (ratopati.com)